logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले ४८ घण्टामै बनायो कोरोना भाइरसका विरामीको उपचार गर्ने सुविधासम्पन्‍न अस्पताल


अंकुरण खबर
767
Shares

चीनले  दुई दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ।

चीनको बुहान क्षेत्रमा माहामारीको रुपमा कोरोना भाइरस फैलिएपछि उसले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको डेली मेलले उल्लेख गरेको छ। यसअघि चीनले गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो।

मेलका अनुसार एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको जनाइएको छ।

यता, चिनियाँ अधिकारीहरुले सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक ६ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो।