भारतीय युवा वामपन्थी नेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमार पक्राउ परेका छन् ।
उनलाई प्रहरीले बिहारबाट हिरासतमा लिएको हो । कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए।
उनले बेतियाको गान्धी मैदानमा सभा गर्ने तयारी गरेका थिए। तर, प्रशासनले कानुनी व्यवस्था र सरस्वती पूजालाई ध्यानमा राखी सभा गर्नका लागि अनुमति दिएको थिएन।
सभा गर्नका लागि अनुमति नपाएपछि कन्हैया गान्धी आश्रम बाहिर धर्नामा बसेका थिए। प्रहरीले उनलाई धर्नास्थलबाटै कन्हैयालाई गिरफ्तार गरेको छ।