logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चेल्सी र लेस्टरले बराबरी खेले


अंकुरण खबर
1.534K
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले बराबरी खेलेका छन् ।

शनिबार लेष्टरको मैदानमा भएको खेलमा चेल्सी र लेष्टरले २–२ को बराबरी खेलेका हुन् । चेल्सीका लागि एन्टोनियो रुडीगरले दुई गोल गरे । यस्तै, लेष्टरका हार्भी बर्नेस र बेन चीलवेलले एक एक गोल गरे ।

खेलको ४६ औं मिनेटमा रुडीगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५४ औं मिनेटमा लेष्टरका बर्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा चीलवेलले गोल गर्दै लेष्टरलाई २–१ को अग्रता दिलाए । तर, ७१ औं मिनेटमा रुडीगरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाउँदै खेल बराबरीमा ल्याए ।

थप समयमा दुवै टोलीबाट गोल नभएपछि खेल बराबरीमा सकिएको छ । बराबरीसँगै चेल्सी २५ खेलबाट ४१ अंकसहित चौंथो स्थानमा रहेको छ । लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।