logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चमा गोली चल्दा दुईको मृत्यु


अंकुरण खबर
1.209K
Shares

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा दुई जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ ।

स्थानीय समय अनुसार दिउँसो २:३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जना घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए । आक्रमणबारे अनुसन्धान भइरहेको बताइएको छ ।