अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ ।
आइतबार क्यालिफोर्नियाका स्वास्थ्य अधिकारीले अमेरिकाका भर हालसम्म ११ जना नयाँ र तीव्रगतिमा फैलिइरहेको कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका हुन् ।
अधिकारीका अनुसार सान्ता क्लारा काउन्टीमा १ जना र सान बेनिटो काउन्टीमा २ जना नयाँ व्यक्ति संक्रमित भएका छन् ।
कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६१ पुगेको छ भने १७,२०५ संक्रमित भएका छन् । मृत्यु हुने ३६१ जना सबै चीनका भएका बताइएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । एजेन्सी