logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उडिरहेको विमानमा बच्चा जन्मियो, जहाज आकस्मिक अवतरण


अंकुरण खबर
741
Shares

उडिरहेको जहाजमा एक महिलाले बच्चा जन्माएकी छन्।  मंगलबार कतारको दोहाबाट थाइल्याण्डको बैंककका लागि उडेको कतार एयरवेजको विमानमा एक थाई महिलाले आकाशमै बच्चा जन्माएकी हुन्।

ती यात्रुले विमानमा यात्रा गरिरहेको समयमा व्यथाले च्यापेपछि विमानका कर्मचारीको सहयोगमा बच्चा जन्माएको कतार एयरवेजले जनाएको छ।

एरवेजले २० वर्षमा नयाँ बच्चा जन्मिन लागेको र आफूहरुले उक्त बच्चा कुरेर बसेको सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ।

आकाशमै बच्चा जन्मिएपछि विमान चालकले भारतको कलकत्तामा विमानलाई आकस्मिक अवतरण गराएका थिए।  आमा र बच्चा दुवैको स्वास्थ्य  सामान्य रहेको र अहिले एक निजी अस्पतालमा दुवैलाई राखिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।