चीनको वुहानमा जन्मिएको ३० घण्टापछि एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण पाइएको छ।
कोरोनाबाट संक्रमित यो शिशु सबैभन्दा कम उमेरको हो । मिडिया रिपोर्टका अनुसार नवजात शिशुकी आमाको गर्भमा या जन्मेपछि संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।
नवजात शिशुलाई जन्माउनुअघि उनकी आमाको रिपोर्ट पनि पोजेटिभ पाइएको थियो ।
डिसेम्बरको अन्तिमबाट बाहिरिएको कोरोना भाइरसले चीनमा मात्रै कम्तीमा ५ सय ६५ जनाको ज्यान गएको छ । त्यसैगरी हङकङ र फिलिपिन्समा १-१ जनाको ज्यान गएको छ ।