logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त


अंकुरण खबर
910
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन्।

अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो । तर विपक्षमा ५२ मत परेको थियो । त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ । अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् ।

राष्ट्रपति विरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ । महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गरेका छन् । यस विषयमा उनले बिहीबार सम्बोधन गर्ने समाचारमा जनाइएको छ । एजेन्सी