अस्ट्रेलियाकी टीभी पत्रकार सारा काउटले जनावरहरूको बारेमा रिपोर्टिङ गरिरहँदा एउटा सर्पले उनको माइक्रोफोनमा बारम्बार टोकेको छ ।
उनले मानिसलाई देखेर जनावर जति डराउँछन्, जनावरलाई देखेर मानिस त्यति डराउँदैनन् भन्ने एंगलमा रिपोर्टिङ गरिरहेकी थिइन् ।
सर्प काउटको घाँटीमा बेरिन्छ र उनको माइक्रोफोनमा घरिघरि टोक्न पुग्छ । काउट चिच्याउँछिन्, ‘उसले मेरो माइक्रोफोन टोकिदियो ।’ अनि सर्प घस्रिँदा उनी तनावमा आउँछिन् र डराएर हाँस्छिन् ।
क्यामरा पछाडि बस्नेहरू चाहिँ उनलाई हेरेर हाँसिरहन्छन् र उनलाई स्थिर बस्न भन्छन् । उनको क्यामराम्यानले भनेको सुनिन्छ, ‘तिमीलाई केही हुँदैन, उसले माइक देखेको मात्र हो ।’ अनि उनले भन्छिन्, ‘उसले मेरो हात देख्यो भने नि ।’
व्यावसायिकता देखाउँदै काउटले आफूलाई सम्हाल्छिन् र भिडियो रेकर्डिङ जारी राख्छिन् । तर उनको एक आँखा सर्पमा रहिरहन्छ । उनी भन्छिन्, ‘सम्भव भएसम्म जनावर जस्तो अवस्थामा छन्, त्यस्तैमा छोडिदिनू र उनीहरूलाई जान दिनू ।’
अस्ट्रेलियाको न्युज च्यानल नाइन न्युजमा यो रिपोर्ट प्रसारण भएको हो । एजेन्सी