logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको छिमेकी दक्षिण कोरियामा भाइरसको त्रास, मास्क लगाएरै बिहे (फोटोफिचर)


अंकुरण खबर
884
Shares

सिओल – चीनमा साढे ६ सय भन्दा बढि मानिसको ज्यान लिइसकेको घातक कोरोना भाइरसको त्रास दक्षिण कोरियामा पनि फैलिएको छ।

चीनसँगको सीमा जोडिएको दक्षिण कोरियामा हजारौं दम्पतीले शुक्रबार मुखमा मास्क लगाएरै सामूहिक विवाह गरेका छन्। कोरोना भाइरस फैलिए पछिको चिन्ता बीच दम्पतीहरूले चर्चमा सामूहिक विवाह गरेका हुन।

विवाह समारोहमा हुने पार्टी, के पप कन्सर्ट लगायतका कार्यक्रम भाइरस फैलिने डरले स्थगित गरिएका छन्। दक्षिण कोरियामा हाल २४ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्।

भाइरस फैलिएपछि चीनले आफ्नो देशमा विवाह नगर्न अपील गरेको छ। धेरै मानिस एक ठाँउमा भेला नहुन समेत भनिएको छ।