logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाको कारवाहीमा चार सर्वसाधारणको मृत्यु


अंकुरण खबर
1.495K
Shares

इजरायली सेनाको कारवाहीमा चार जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

इजरायली सेनाले वेस्ट बैंकको हमास समूहलाई सहयोग पुर्याएको आशंकामा गरेको हवाइ हमलामा मारिनेको संख्या चार पुगेको हो ।

सर्वसाधारणले आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गर्नुपरेको इजरायली सेनाले दाबी गरेको छ । मारिनेमा विद्यार्थी र एक जना प्रहरीसमेत रहेको बताइएको छ । इजरायली सेनाले भने आतंककारीहरुले विस्फोटक पदार्थ भरिएका उपकरणमार्फत आक्रमणको प्रयास गरेपछि जवाफी कारवाही गरेको स्पष्ट पारेको छ ।

यसैबीच इजरायलले वेस्ट बैंकमा थप एक हजार जना सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ । इजरायली सेना थपिएपछि हिंसाका घटना बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।