पाकिस्तानी सेनाको गोली लागेर एक भारतीय सैनिकको मृत्यु भएको छ।
विवादित भूमि जम्मु कश्मीरको पुँछ जिल्ला स्थित नियन्त्रण रेखामा पाकिस्तानीले सेनाले फायरिङ् गर्दा सैनिक जवान ३६ वर्षका राजीव सिंह शेखवातको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।
जयपुरको लुहकानाका राजीव सहिद भएको भारतीय सेनाले विज्ञप्ति मार्फत जनाएको छ। पाकिस्तानले बिना कारण युद्धविराम उल्लङ्घन गर्दै कन्ट्रोल लाइनको छेउमा गोलाबारी गरेको भारतको आरोप छ।
कश्मीरको विवादलाई लिएर भारत-पाकिस्तानबीच तनाव जारी रहँदा दुवैपक्षका सैनिकहरुले अनावश्यक ज्यान गुमाउने गरेका छन्।