logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प


अंकुरण खबर
702
Shares

पपुआ न्युगिनीमा आइतबार ६.९२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन । युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उनले विश्वास व्यक्त गरे । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । एजेन्सी