logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमान्सीको मजनु बने आशिम रियाज,‘चकलेट डे’ मा दिए विशेष उपहार


अंकुरण खबर
936
Shares

‘बिग बोस सिजन १३’ को प्रतियोगी हिमान्सी खुरानाले चकलेट डे को अवसरमा एक विशेष ट्वीट सेयर गरेकी छन् ।

हिमान्सीले यतिबेला घरबाट बेघर भइसकेकी छन् । तर उनले बिग बोसकमा बिताएको एक विशेष पल सेयर गरेकी छन् ।  बिग बोस प्रतियोगीको रुपमा आएका आशिम रियाज र हिमान्सी खुरानाको प्रेमको चर्चाले मिडिया निकै तताएको छ ।

बिग बोसको घरमा प्रेममा परेका यी दुई जोडीले अन्तराष्ट्रिय मिडिया मार्फत नै प्रेम स्वीकारेका छन् । घरबाट बेघर भएपछि नी फेरी घरमा गएकी हिमान्सीलाई आशिमले प्रपोज मात्र गरेनन् विवाहको लागि प्रस्ताव राखेका थिए ।  घरबाट बेघर भए पनि बाहिर आएर हिमान्सीले आशिमकै सर्पोट गरिरहेकी छन् ।

हिमान्सीले ट्वीटमा लेखेकी छन् ‘ह्याप्पी चकलेट डे ,म एक कुरा सेयर गर्न चाहन्छु । जब म बिग बोसको घरबाट बाहिर आएँ त्यही बेला मेरो मेकअप  किट ढिला आएको थियो । मेरो मेकअपको किटमा मेकअप थिइन । एउटा कागज थियो जसमा लेखिएको थियो ह्याप्पी चकलेट डे यो तिम्रो मजनुको तर्फबाट ।’

आशिमले बिग बोसमा राम्रो खेलिरहेको छ । एलिड क्लबको पहिलो सदस्य भएको कारण उनको चर्चा निकै बढेको छ । उनलाई साथ र सर्पोट गर्ने फ्यानहरुले धेरै भोट गरिरहेका छन् । एजेन्सी