logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो विवाह गर्दै भारतीय यी अभिनेत्री, बाहिरीए यस्ता तस्वीर


अंकुरण खबर
1.001K
Shares

भारतीय टेलिभिजन अभिनेत्री काम्या पंजाबीले दोस्रो विवाह गर्दै छिन्। अहिले उनका विवाहको तयारीमा रमाएका विभिन्न तस्वीर सार्वजनिक भएका छन्।

केही दिनअघि उनले आफ्ना प्रेमी शलभ डांगसँग इन्गेजमेन्ट गरेको तस्वीर बाहिरीएका थिए। यसै क्रममा उनका हल्दी सेरेमनी र मेहंदीका तस्वीर सार्वजनिक भएका छन्।

तस्वीरमा काम्या निकै खुसी देखिएकी छिन्। उनीहरुले आज अर्थात १० फेब्रअरीमा विवाह गर्दै छन्। काम्याका फ्यानले यो जोडीलाई निकै रुचाएका छन्।

काम्याको यो दोस्रो विवाह हो। यसअघि उनले व्यापारी बंटी नेगीसँग विवाह गरेकी थिइन्। तर यो सम्बन्ध १० वर्षमात्रै टिक्यो। त्यसपछि सन् २०१३ मा काम्याले बंटीसँग सम्बन्ध विच्छेद गरिन्। पहिलो विवाहबाट काम्याको एक छोरी पनि छिन्। एजेन्सी