logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेम प्रस्ताव अस्वीकार गर्दा बीच सडकमै जिउँदै जलाएर लिइयो शिक्षिकाको ज्यान


अंकुरण खबर
1.027K
Shares

पेट्रोल छर्केर जिउँदै जलाइएकी महिला प्रोफेसरको उपचारका क्रममा ज्यान गएको छ।

एक हप्ता अघि ३ फ्रेबुअरी मा एकतर्फी माया गर्ने विकेश नामका व्यक्तिले बीच सडकमा पेट्रोल छर्किएर जिउँदै आगो लगाएका थिए। पीडित शिक्षिकाको अवस्था बिग्रिएका कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो।

कयौँ शल्यक्रिया गर्दा पनि उनलाई चिकित्सकले बचाउन सकेनन्। छोरीको मृत्युपछि आक्रामक बनेका परिवारले आरोपीलाई आफ्नो जिम्मा लाउन माग गरेका छन्। शिक्षिकाका पिताले छोरीका अपराधिलाई आफ्नै हातबाट सजाय दिन पाउनुपर्ने माग गरेका छन्।

२४ वर्षीया शिक्षिकाको २७ वर्षीय विकेशले आफूसँग विवाह गर्न अस्वीकार गरेको भन्दै बीच सडकमा आगो लगाएर ज्यान लिएको भारतीय मिडियाले जनाएका छन्। २४ वर्षीया पीडित महिलाले पछिल्लो ७ महिनादेखि वीमेंस कलेजमा पढाउँदै आएकी थिइन्।

विकेशले कयौँ पटक प्रेम प्रस्ताव राख्दा पनि युवतीले अस्वीकार गर्दै आएकी थिइन्। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै विकेशले बीच सडकमै पेट्रोल छर्किएर महिला शिक्षिकाको ज्यान लिएको समाचारमा जनाइएको छ।