logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानको काबुलमा बम विस्फोट, ५ जनाको मृत्यु


अंकुरण खबर
1.209K
Shares

अफगानिस्तानको राजधानी काबुलमा मंगलवार बिहान बम विस्फोट भएको छ ।

मंगलवार बिहान भएको आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयानुसार मंगलवार बिहान ८ बजेतिर भएको सो विस्फोटमा दुई सर्वसाधारण नागरिक र तीन सैनिक सहित पाँच जनाको मृत्यु भएको हो । आक्रमणमा परी अन्य १२ जना घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले बताएको छ ।

हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा भने लिएको छैन ।