logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाभाइरसले पायो आधिकारिक नाम : ‘कोभीड-नाइनटिन’


अंकुरण खबर
832
Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-19) भनिनेछ ।

डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।

‘हामीले यस रोगलाई नाम दिएका छौँ – कोभीड–नाइनटिन,’ मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने ।

तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो । १९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो ।

यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो । यता, यस रोगबाट चीनमा ज्याञन गुमाञउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् । यस रोगको केन्द्रविन्दु मानिएको हुबेइमा नै ९४ जनाले ज्यान गुमाएका थिए ।