मस्को – कोरोना भाइरस सङ्क्रमणलाई लिएर विश्वभर सर्तकता बढेका बेला रसियामा एक प्रयाङ्कस्टार पक्राउ परेका छन्।
अधिकारीहरूका अनुसार राजधानी मस्कोको मेट्रो रेलमा कोरोना भाइरस सङ्क्रमित भएको नाटक गर्दै भिडियो बनाउन खोज्ने युकवलाई पक्राउ गरिएको हो। सार्वजनिक भएका फुटेजमा अनुहारमा मास्क लगाएका युवक अचानक भुइँमा लड्दै गरेको देख्न सकिन्छ।
उनी ढलेपछि उनका साथीले उनमा कोरोना भाइरस रहेको भन्दै चिच्याएपछि यात्रुहरू आतङ्कित हुन्छन् र टाढा सर्छन्। रसियन समाचार एजेन्सी टिएसएसका अनुसार ती संदिग्ध युवकको नाम कोरोमाट्टुलो जाभाबोरोभ हो र उनलाई यसअघि प्रहरीले गुण्डागर्दीको आरोप समेत पक्राउ गरेको थियो।
पछिल्लो अपराधबारे ५ वर्षको जेल सजाय तोकिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।