logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९० यात्रु बोकेको बस दुर्घटना: १४ को ज्यान गयो, ३५ घाइते


अंकुरण खबर
806
Shares

९० यात्रु लिएर दिल्लीबाट बिहारका लागि छुटेको बस बुधबार राति दुर्घटना हुँदा १४ जनाको ज्याज गएको छ। दुर्घटनामा ३५ जना घाइते भएका छन्।

सबै घाइतेको भारतको सैफई पीजीआई अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अस्पताल पुग्दा २, ३ जनामात्रै ज्यान गएको भएपनि अन्यको उपचारका क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ। उपचार गर्दागर्दै आज बिहानसम्म पीजीआई अस्पतालको कोठा शवले भरियो।

दुर्घटना बसको अगाडिको भागको टायर उडेको प्रत्यक्षदर्शीले बताएका छन्। तत्काल पुगेका स्थानीय र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरेर अस्पताल पठाइएको थियो। दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। पछि उपचारका क्रममा एक एक गर्दै मृत्यु हुनेका संख्या १४ पुगेको समाचारमा उल्लेख छ।