इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ ।आक्रमणमा अमेरिकी इराकमा तैनाथ ५२०० सैनिकलाई निशाना बनाइएको छ।
इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल–नुजाबाले अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिएको भोलिपल्टै यो आक्रमण भएको हो। आक्रमणका कारण कति क्षति भयो र कति रकेट प्रहार गरिएको थियो भन्ने अहिलेसम्म स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणका बेला ग्रीन जोननजिकै एउटा विमान घुमिरहेको खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गत अक्टोबरयता यहाँ भएको यो १९ औं आक्रमण हो। इरानले पछिल्लो पटक यही दूतावसलाई निशाना बनाउँदा अमेरिकाले इरानी सैनिक कमाण्डरलाई मारेपछि इरान र अमेरिका युद्ध गर्ने अवस्थामा पुगेका थिए।