logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसले युरोपमा पनि एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १६६५ पुग्यो


अंकुरण खबर
572
Shares

कोरोना भाइरसको संक्रमणबाट युरोपमा एक जनाको मृत्यु भएको छ।

युरोपमा यो पहिलो घटना भएको बताइएको छ। ८० वर्षीय चिनिया पर्यटकको फ्रान्समा मृत्यु भएको बीबीसले जनाएको छ। उनको नाम सार्वजनिक गरिएको छैन। फ्रान्सका स्वास्थ्य मन्त्रालयका अनुसार उनी चीनको हुबेई प्रान्तबाट घुम्न आएका थिए।

उनी जनवरी १६ तारिखमा फ्रान्स आएको र जनवरी २५ देखि पेरिसको एक अस्पतालमा उपचाररत रहेको बताइएको छ।

चीनबाहेक अन्य देशमा जम्मा तीन जनाको मृत्यु भएको छ। यसअघि फिलिपिन्स र जापानमा कोरोना भाइरसको संक्रमणबाट एक(एक जनाको मृत्यु भएको थियो।

चिनिया स्वास्थ्य अधिकारीका अनुसार शनिबारमात्र १४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेको संख्या १६६५ पुगेको बताइएको छ। त्ययस्तै ६८ हजार ५ सय जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ