logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाइजेरियामा ३० जनाको विभत्स हत्या


अंकुरण खबर
2.613K
Shares

हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।

उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आक्रमणकारीहरुले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा समेत आगजानी गरेका छन् ।

मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ । एजेन्सी