logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेहा कक्कडले पूर्वप्रेमीलाई दिइन् चेतावनी, ‘मेरो नाम प्रयोग गर्ने हिम्मत नगर’


अंकुरण खबर
1.885K
Shares

नेहा कक्कडका पूर्वप्रेमी हिमांश कोहलीले हालै खुलासा गरेका छन् कि, नेहासँग उनले बिहे गर्न चाहन्थे । नेहा आफैले ब्रेकअप गरेकी हुन् ।

हिमांशले एक अन्तर्वार्ताका दौरान कतिपयले ब्रेकअपको मौका कुरेर बसेका थिए । जसकारण दर्शकले आफ्ना बारेमा गलत धारणा बनाएको बताएका थिए । हिमांशले ब्रेकअपको निर्णय आफूले नलिएको र नेहा आफैले लिएको बताएका थिए ।

हिमांशको यस्तो धारणा बाहिर आएपछि नेहा कक्कडले प्रतिक्रिया जनाएकी छन् । उनको प्रतिक्रियामा आक्रोश छ । हालै नेहा आफ्नो इन्स्टाग्राम पोस्टमा हिमांशमाथि खनिएकी छन् ।

नेहाले इन्स्टा पोस्टमा लेखेकी छिन्, ‘जो मान्छे मेरा बारेमा गलत बोल्छन्, उनीहरु मसँग जल्ने गर्छन्, र उनीहरु फेक हुन्, पहिले पनि प्रयोग गरे, अहिले पनि प्रयोग गरिरहेका छन्, ओए, आफ्नो कामले फेमस बन्, मेरा कारणले होइन ।’

नेहाले फेरि चर्चामा आउनका लागि आफ्नो नाम प्रयोग नगर्न पनि चेतावनी दिएकी छिन् ।

‘म यहाँ तिम्रो बुबा, आमा र बैनीको कर्मको पनि बयान गर्नेछु, जो उनीहरुले मेरो बारेमा भने र गरे,’ नेहाले आक्रोश पोख्दै लेखेकी छिन्, ‘म तिमीहरुलाई चेतावनी दिइरहेकी छु, मेरो नाम प्रयोग गर्ने हिम्मत नगर, मलाई खलनायक बनाउने कोशिश पनि नगर, मसँग र मेरो नामसँग टाढै बस ।’

पछिल्लो समय नेहा इन्डियन आइडलमा निर्णायकको भूमिकामा समेत छन्।

https://www.instagram.com/p/B8slasBnWMB/