logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा रहस्यमय ग्यास लिक हुँदा १४ को मृत्यु


अंकुरण खबर
884
Shares

पाकिस्तानको कराँचीस्थित कैमारी इलाकामा रहस्यमय रुपमा ग्यास लिक हुँदा १४ जनाको मृत्यु भएको छ ।

ग्यास लिक भएको क्षेत्रका मानिसहरुलाई श्वासप्रश्वासमा समस्या भएको बताइएको छ । त्यस्तै आँखा, घाँटी र नाकमा जलन हुनुका साथै आँसु आउने समस्या आएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

आइतबारदेखि नै यस्तो समस्या सुरु भएर मानिसहरु अस्पताल जान थालेका थिए । अहिलेसम्म २५० भन्दा बढी प्रभावित भएको बताइएको छ ।

अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेका छन् ।