logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्षको जेल सजाय


अंकुरण खबर
1.287K
Shares

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ।

अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिनुभएको थियो। अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ।