logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्भया बलात्कार काण्ड : दोषीले टाउको ठोकेर आत्महत्या प्रयास गरेपछि


अंकुरण खबर
975
Shares

नयाँ दिल्ली – निर्भयाको बलात्कारपछिको हत्या प्रकरणमा दोषी मध्येका एक विनय शर्माले दिल्लीको तिहाड जेलमा आत्महत्याको प्रयास गरेका छन्।

कडा सुरक्षा रहेको जेलमै उनले भित्तामा टाउको ठोकेर आफूलाई घाइते बनाउने प्रयास गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनले टाउको ठोकेको देखेर त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनलाई गम्भीर घाइते हुनबाट बचाएका छन्। घटना पछि निर्भया काण्डका ४ वटै दोषीमाथि सुरक्षा पहिले भन्दा बढाइएको छ। घटना पछि उनी बसेकौ जेलमै चिकित्सकलाई बोलाइएको छ । डाक्टरले उनको टाउकोमा पट्टी बाँधेर उपचार गरेका छन्।

विनयले यसभन्दा पहिले पनि जेलमा आत्महत्याको प्रयास गरेका थिए । अधिकारीहरूका अनुसार आवश्यक परे जेलभित्रै विनयको कोठाभित्र सुरक्षाकर्मीहरू राखिने छ। तिहाड जेलले हाल प्रत्येक दोषीको सुरक्षामा दुई वा दुई जना कर्मचारी खटाएको छ।

विनयको दया याचिकालाई केही दिन अघि भारतीय सर्वोच्च अदालतले खारेज गरेको थियो। पटियाला हाउस अदालतले तेस्रो पटक मृत्युदण्ड वारेन्ट जारी गरेको छ।  विनय, मुकेश, अक्षय र पवनको मार्च ३ तारिखमा बिहान ६ बजे फाँसी दिइने छ।