logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा बस र ट्रक ठोक्किँदा १९ को मृत्यु


अंकुरण खबर
702
Shares

दक्षिणी भारतमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान दक्षिणी भारतको तमिलनाडुस्थित अभिनासा नजिकैको राजमार्गमा ट्रक र बस एक आपसमा ठोक्किएको हो।

बस ड्राइभरको घटनास्थलमै मृत्यु भएपनि ट्रक ड्राइभर भने बाचेका छन्। प्रहरीका अनुसार ९ जना घाइते भइ अस्पतालमा भर्ना भएका छन् भने अन्य केही उपचारपछि छुटिसकेका छन्।

उक्त यात्रुबाहक बस केरलाको तिरुवनन्तपुरम जाँदै गरेको थियो। ट्रक अर्को लेनमा जाँदा विपरित दिसाबाट आउँदै गरेको बससँग ठोक्किएको हो। दुर्घटनामा बसको एकापट्टिको भाग ध्वस्त भएको छ। एजेन्सी