logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो पटक आमा बनिन् अभिनेत्री शिल्पा शेट्टी


अंकुरण खबर
1.963K
Shares

बलिउड अभिनेत्री शिल्पा शेट्टी दोस्रो पटक आमा बनेकी छन् । ४४ बर्षिय अभिनेत्री शिल्पाले दोस्रो बच्चा छोरीलाई जन्म दिएकी छन् ।

शिल्पा दम्पत्तिले आफ्नो दोस्रो बच्चा भने सेरोगेसीको माध्यमबाट जन्म दिएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट छोरीको जन्म भएको हो।

शिल्पा सन् २००९मा राज कुन्द्रासँग विवाह गरेकी थिइन्। त्यसको तीन वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन्।

शिल्पाले छोरीले जन्म लिएको कुरा सामाजिक सञ्जालमा बताएकी छन्। उनले छोरीको नाम समिषा सेट्टी कुन्द्रा राखेकी छन्।