logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ लाख भारुसँगै रुपेशले जिते ‘डान्स प्लस सिजन ५’


अंकुरण खबर
1.456K
Shares

रेमो डिसुजाको टिभी डान्स रियालिटी शो  ‘डान्स प्लस सिजन ५’ को उपाधि रुपेशले जितेका छन् ।

मुम्बईमा भएको फिनालेमा अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै रुपेशले उपाधि जितेका हुन् । उनी धर्मेश एलान्डे टिमबाट सहभागी भएका थिए ।

रुपेशका अलवा फिनालेमा जनम डान्स ग्रुप, संचिता– सुब्रत र दीपिका पुगेका थिए। जनम डान्स ग्रुप फस्ट रनरअप भए।

रुपेशले डान्स प्लस ५ को उपाधि ट्रफीसँगै १५ लाख भारतीय रुपैयाँ पाए । विजेतालाई बलिउड लेजेन्ड मिथुन चक्रवतीले उपाधि हस्तान्तरण गरेका थिए । एजेन्सी