logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुहानमा कोरोनाले लियो फेरि अर्का एक डाक्टरको ज्यान


अंकुरण खबर
1.508K
Shares

बेइजिङ पछिल्लो समय चीनमा कोरोना भाइरस (कोभिड–१९) का कारण सर्वसाधरण मात्र होइन उपचारमा संलग्न डाक्टरहरुकै समेत ज्यान जान थालेको छ । कोरोना भाइरसबाट हुपेइ प्रान्तको बुहान शहरमा फेरि एक अर्का डाक्टरको ज्यान गएको छ ।

कोरोना संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी दिइएको सीएनएनले जनाएको छ । २९ वर्षीय डा. सीसी गत जनवरी १९ मा अस्पताल भर्ना भएका थिए । उनको वुहानको जोङनान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि गत बिहीबार वुहानकै डाक्टर २९ वर्षका पेङ यिनहुवाको कोरोनाको संक्रमणपछि मृत्यु भएको थियो । यसअघि वुहान अस्पतालका निर्देशकको पनि कोरोनाकै कारण निधन भएको थियो ।

जनवरीमा चीनमा कोरोनाको पहिलो जानकारी दिने डाक्टर लि विनलियाङको मृत्यु भएपछि चिनियाँहरुले सरकारको आलोचना समेत गरेका थिए ।

आइतबारसम्म विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ । मृतकको संख्या दुई हजार ४६१ जना पुगिसकेको छ । चीनमा मात्र दुई हजार चार सय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन् ।