logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेममा धोका पाउँदा आत्महत्या, यस्तो थियो जिया खानको ‘सुसाइड नोट’


अंकुरण खबर
2.834K
Shares

बलिउड अभिनेत्री जिया खानले २५ वर्षकै कलिलो उमेरमा आत्महत्या गरेकी थिइन्। उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ। तर, अहिले पनि  उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउने गर्दछ।

उनले २०१३ को जुन ३ मा आफ्नै घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनको मृत्युको पछाडि सूरज पंचोलीको नाम जोडिएको थियो।  उनले आत्महत्या गर्नुअघि एक सुसाइट नोट पनि लेखेकी थिइन्। उक्त सुसाइट नोटमा प्रेममा धोका पाएको पीडा व्यक्ति गरिएको थियो।

यस्तो थियो सुसाइट नोट:

 ‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ तर अब गुमाउनको लागि केही बाँकी छैन त्यसैले सबैकुरा खुलाउने समय आएको यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु भित्रभित्रै टुक्रिइसकेकी छु तिमीलाई यसको बारेमा अन्दाज पनि छैन तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ तिमीले मलाई तड्पाइरह्यौँ सधैँ पीडा दियौँ अब मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ सधैँ गर्भवती हुने डर भइरहन्थ्यो। तर पनि तिम्रो लागि सबै सुम्पिदिन्थेँ  तर यसको बदलामा तिमीले मलाई सधैँ दुख पीडा दियौँ ।’

जियाले आत्महत्या गरेपछि प्रहरीले सुरजलाई पक्राउ पनि गरेको थियो। लामो समयसम्म सुरजको मुद्दामा सुनुवाई भए पनि कुनै नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको भारतीय मिडियाले जनाएका छन्।