logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ दिल्लीमा झडप, हेड कन्सटेवलको मृत्यु


अंकुरण खबर
1.014K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणको माहोल छाएको बेला नयाँ दिल्लीमा नागरिकता संसोधन विधेयकलाई लिएर झडप भएको छ ।

नागरिकता संसोधन विधेयकको विषयलाई लिएर भएको प्रदर्शनमा आगजनी र झडप भएको छ । झडपका क्रमममा एक हेड कन्सटेवलको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यामका अनुसार प्रदर्शनकारीले दिल्लीको भजनापूर इलाकामा पेट्रोल पम्पमा आगो लगाएका छन् । साथै मौजपूर मेट्रो स्टेशनको नजिक देशी कट्टोमा फायरिंग भएको छ । हिंसामा परेर गोकुलपूरी थानाका हेन्डकन्स्टेवल रतनलालको मृत्यु भएको हो । साथै मौजपुरका बिभिन घरमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । एजेन्सी