logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा जंगली जनावर खान प्रतिबन्ध


अंकुरण खबर
1.794K
Shares

चीनको उच्च विधायन समितीले सोमबार सबै किसिमका जंगली जनावरको व्यापार र खानका लागि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

यस किसिमको व्यवहारलाई चीनमा कोरोना भाइरस विस्तारको कारण मानिएको छ। चीनले अझैपनि जंगली जनावरको संरक्षणको कानुन समीक्षा गर्न बाँकिनै रहेको छ । तर, यो प्रस्ताव पारित गर्नु देशको महामारीको बिरुद्ध लड्नका लागि आवश्यक र जरुरी मानिएको पिपुल्स डेलीले जनाएको छ ।

विज्ञहरुले नयाँ कोरोनाभाइरस मानिसमा खानाको रुपमा जंगली जनावरको प्रयोगले सरेका मान्दै आएका छन् । यो विशेषगरी चमेरो र सर्पबाट आएको विश्वास लिईंदै आएको छ । नयाँ नीतिले जंगली जनावरको उपभोगमा व्यापक प्रतिबन्ध लागेको पिपुल्स डेलीले जनाएको छ ।

यो प्रतिबन्ध नमान्नेलाई ठूलो सजाय गरिने छ । यो प्रस्ताव नेशनल पिपुल्स कंग्रेसको स्थायी समितीमा बुझाइएको छ । “यसले जंगली जनावर खान र यसको गैर कानुनी व्यापार गर्न रोक्ने लक्ष्य लिएको छ,” समितीले भनेको छ ।