पेरिस चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट फ्रान्समा एकजनाको मृत्यु भएको छ ।
६० वर्षीय एक फ्रान्सेली वृद्धको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य प्राधिकरणका निर्देशक जेरोमी सालोमोनले बुधबार जानकारी दिएका छन् ।
ती वृद्धको पिटाइ सालपेट्री अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी अन्य दुई जनामा पनि कोरोनाको संक्रमण भेटिएको छ । जसमा एकजना ५५ वर्षीय र अर्का ३६ वर्षीय फ्रान्सेली नागरिक भएको बताइएको छ । ५५ वर्षीय फ्रान्सेली नागरिकको अमेन्स अस्पतालमा उपचार भक्षरहेको छ । उनको अवस्था गम्भीर रहेको सालोमोनले बताएका छन् ।
त्यसैगरी अर्का ३६ वर्षीय नागरिक केही समयखघि इटालीको लोमबार्डीबाट फर्किएका थिए ।
इटालीमा अहिलेसम्म २५० कोरोना संक्रमित भएको पाइएको छ । सीएनएन