logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का


अंकुरण खबर
780
Shares

जकार्ता – इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ । उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो ।

पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ । सन् २०१८ मा गएको ७।५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।