दिल्लीमा चक्रिएको हिंसामा परेर अहिलेसम्म ४६ जनाको ज्यान गएको छ।
भारतीय प्रहरीले आइतबार नहरमा पनि शव फेला पारेको छ। भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। यससँगै हिंसामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको हो।
हिंसामा २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ।
यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ।