logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा दुई जनालाई कोरोना भाइरस


अंकुरण खबर
715
Shares

भारतमा दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये एक व्यक्ति राजधानी दिल्ली र अर्का व्यक्ति तेलंगनाको भएको बताइएको छ।

संक्रमितमध्ये एक दुबईबाट र अर्का व्यक्ति इटली भ्रमणबाट फर्केको बताइएको छ।

कोरोना भाइरसका कारण विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ।

चीनको राष्ट्रिय स्वस्थ्य आयोगका अनुसार हालसम्म कोरोनाको उपचारपछि ४४ हजार ८९९ जना स्वस्थ बनेका छन्। एजेन्सी