logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोदीले गरे सामाजिक सञ्जाल नचलाउने घोषणा


अंकुरण खबर
3.64K
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्।

आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि मोदीका समर्थकले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।