विश्वभर कोरोना भाइरसको त्रास बढिरहेको छ। कोरोना भाइरसको त्रासले बलिउड पनि अछुतो रहन सकेको छैन्।
बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोनाको त्रासका कारण यस वर्ष पेरिस फेसन विकमा भाग नलिने भएकी छिन्। संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन्।
उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने योजना थियो। २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भएको उक्त शो मार्च ३ सम्म चल्नेछ।
यसबारे जानकारी दिँदै दीपिकाका अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू२०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर कोरोना भाइरसको महामारी अब फ्रान्समा एक नयाँ चरणमा प्रवेश गरिरहेको छ, त्यसकारण उनले आफ्नो यात्रा रद्द गर्नुपरेको हो ।’ एजेन्सी