logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बिना मेकअप यस्ता देखिन्छन बलिउडका यी ५ अभिनेत्री


अंकुरण खबर
1.43K
Shares

कुनै समय यस्तो थियो जतिबेला बलिउड अभिनेत्रीहरु बिना मेकअप दर्शकका बिचमा आउन हिच्किचाउने गर्थे, तर अब भने समय बद्लिएको छ अभिनेत्रीहरु बिना मेकअप दर्शकको सामु आउन थालेका छन ।

केहि सेलिब्रेटीहरुले बिना मेकअपको तस्बिर सामाजिक संजालमा शेयर गरेका छन त कति बिना मेकअप स्पोट भएका छन। हेर्नुहोस बलिउडका ति सफल अभिनेत्रीहरुलाई जो बिना मेकअपमा यस्तो देखिन्छन ।

काजल अग्रवाल
बलिउडका अलावा साउथ चलचित्र उद्योगकी चर्चित अभिनेत्री हुन् काजल अग्रवाल। काजलले केहि समय पहिले सामाजिक संजालमा बिना मेकअपवाला तस्बिर शेयर गरेकी थिइन्।

सारा अलि खान
‘लव आजकल २ सारा अलि खानद्वारा अभिनित पछिल्लो चलचित्र हो । यस चलचित्रमा साराको साथमा कार्तिक आर्यन पनि देखिएका थिए ।  सारा पनि केहि दिन पहिले मुंबई एयरपोर्टमा बिना मेकअप स्पोट भएकी थिइन्।

सोनम कपूर
बलिउडकी अभिनेत्री सोनम कपुरले पनि केहि दिन पहिले इंस्टाग्राममा बिना मेकअपवाला तस्बिर शेयर गरेकी थिइन्। जुन तस्बिरको साथमा उनले क्याप्सन लेखेकी थिइन् ‘बिना मेकअप’ ।

सुष्मिता सेन
पूर्व मिस यूनिवर्स सुष्मिता सेन यतिबेला प्रेमसम्बन्धको कारण चर्चामा छिन । ४४ बर्षिय अभिनेत्री मेकअप नगर्दा यस्तो देखिन्छिन ।

कट्रिना कैफ
कट्रिना कैफ हालै मात्र बिना मेकअप जिम बाहिर स्पोट भएकी थिइन्। खासमा कट्रिना बिना मेकअप नै सुन्दर देखिएकी छिन । उनि अभिनित चलचित्र सुर्यबंशी छिट्टै नै प्रदर्शन हुँदैछ।