logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्भयाका बलात्कारीलाई फाँसी हुने निश्चित


अंकुरण खबर
871
Shares

भारतको बलात्कार सम्बन्धी चर्चित घटना निर्भया हत्याका दोषीहरूलाई अन्ततः फाँसीको सजाय पाउने निश्चित भएको छ।

उनीहरूलाई फाँसीमा झुण्डयाउने नयाँ मिति तय गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दिल्ली अदालतले  उनीहरूलाई मार्च २० तारिखको बिहान साढे ५ बजे झुन्ड्याउन आदेश दिएको छ। यस भन्दा पहिले कानुनी झन्झटले गर्दा दुई महिनाको लागि फाँसीबाट बचेका निर्भया बलात्कार तथा हत्याकाण्डका चार दोषीका लागि अब सबै कानुनी विकल्पहरू सकिएका हुन्।

गत बुधबार राष्ट्रपति रामनाथ कोविन्दले दोषी मध्येका एक पवन गुप्ताको दया याचिका खारेज गरेका थिए। त्यस पछि आज पटियाला हाउस अदालतले उनीहरूलाई झुन्ड्याउन नयाँ मृत्यु वारेन्ट जारी गरेको हो।

सन् २०१२ को चर्चित यो घटनामा दोषीहरूलाई कारवाही हुनुपर्ने माग उठ्दै आएको छ। मेडिकल विद्यार्थी निर्भयालाई बसभित्र राखेर सामूहिक बलात्कारपश्चात् हत्या गरिएको थियो।