logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेलको लिगमा हाम फालेर गरिन महिलाले आत्महत्या


अंकुरण खबर
1.599K
Shares

भारतको झारखण्डमा ४५ वर्षीया एक महिलाले रेलको अगाडि हामफालेर आत्महत्या गरेकी छन् ।

शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलका अगाडि हामफालेर स्थानीय मीनाक्षी सिंहले आत्महत्या गरेकी हुन् । मीनाक्षीको घटनास्थलमै उनको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मीनाक्षी करिब २० मिनेटदेखि रेलवे स्टेशनको एउटा छेउमा बसेर रोइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेल देखेपछि उनी रेलतर्फ फर्केर ‘नमस्ते’ गर्दै हामफालेकी थिइन् । प्रहरीका अनुसार श्रीपल्लीले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

प्रहरीका अनुसार मृतक महिला आफ्नी छोरीसमेत परिवारका सदस्यहरुका साथ श्रीपल्लीस्थित तारा अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।

मृतकका पति पुरुषोत्तम सिंह भने कोलाकातामा बस्दै आएको बताइन्छ । उनको पैतृक गाउँ बिहारको मुगेर जिल्लामा पर्दछ । परिवारका सदस्यका अनुसार मीनाक्षी केही समयदेखि डिप्रेसनकी बिरामी दिइन् । एजेन्सीको सहयोगमा ।