logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट जोगिन मदिरा पिएका व्यक्तिको मृत्यु


अंकुरण खबर
728
Shares

इरानका अधिकारीहरुले राजधानी तेहरानका अस्पतालहरुमा बिषाक्त रक्सी सेवन गरेका मानिसहरु भर्ना भइरहेको बताएका छन्।

इरानी समाचार एजेन्सी मेहरका अनुसार मदिरा सेवनबाट बिरामी भएकाहरुमध्ये केहीको ज्यान गएको छ। कोरोना भाइरसको त्रासका बीच रक्सी सेवनले कोरोना निको हुने हल्लाहरु फैलिएपछि मानिसहरुले रक्सी पिउने गरेको बताइएको छ।

इरानमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ। सन् १९७९ को तेहरान क्रान्तिपछि बियर तथा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको हो। तर, कोरोनाको त्रासका बीच मासिनहरुले रक्सी सेवन गर्ने गरेको पाइएको छ।

तस्करीबाट आएका भोड्का तथा घरेलु रक्सी सेवनले मानिसहरु बिरामी परेका हुन। चीनबाट बाहिर निस्केको कोरोना भाइरसले इरानमा संकट निम्त्याइरहेको छ। इरानमा उक्त घातक भाइरसका कारण २ सांसद सहित करिब १९४ जनाको मृत्यु भएको छ। ६ हजार भन्दा बढि मानिस संक्रमित भएका छन्।

त्यहाँका बहालवाला उप स्वास्थ्यमन्त्री र उपराष्ट्रपति समेत कोरोना संक्रमित भएका छन्।