कोरोना भाइरसको संक्रमण अमेरिकाको ३० राज्यमा फैलिएको छ। पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
कोरोना भाइरसले महामारी रुप लिन थालेपछि सर्तकता अप्नाउन भन्दै अमेरिकाको न्यूर्योकपछि ओरेगन राज्यमा पनि आपत्काल घोषणा गरिएको छ। कोरोनाबाट वासिङ्टनमा थप दुई जनाले ज्यान गुमाएका छन्। दुवै जना सियाटलको केयर सेन्टरसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गत वर्षको अन्त्यमा चीनको ऊहानबाट सुरु भएको कोरोनाभाइरसबाट अमेरिकामा ५ सय जनाभन्दा बढी संक्रमित भएका छन्। यस भाइरसको संक्रमणबाट विश्वभर ३ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन्।
आइतबार भर्जिनिया र कनेक्टिकट थपिँदा अमेरिकाका ५० मध्ये आधाभन्दा बढी राज्यमा कोरोना भाइरस फैलिएको जनाइएको छ।