चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको छ।
भारतमा कोरोना भाइरसको नयाँ केस बाहिरीएको छ। भारतको केरलाका ३ वर्षीय बालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ पुगेको छ। इटलीबाट परिवारसहित भारत आएका ती बालकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। विमानस्थलमा चेकजाचका क्रममा बालकमा कोरोना भाइरसको आशंका गरिएको थियो। उनलाई कोरोनाको आशंकापछि अस्पताल पुर्याइएको थियो। जहाँ उनको रिर्पोटमा कोरोना भाइरस पोजेटिभ पाइयो।
बच्चामा कोरोना भाइरसको संक्रमण निकै कम देखिने गरेको छ। भारतमा ३ वर्षीय बच्चामा कोरोना भाइरसको संक्रमण देखिएको यो पहिलो घटना हो।