चीनमा सामुदायिक सेवामा खटिएका ५३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परिचालन भएका ५३ जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ । मृत्यु हुनेमा ४९ जना चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सदस्य रहेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (CPC) ले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आफ्ना सबै सदस्यलाई परिचालन हुन निर्देशन दिएको छ ।