logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुगलले दियो १ लाख कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन


अंकुरण खबर
832
Shares

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै विभिन्न संघसंस्थाले आफ्ना कर्मचारीलाई सुरक्षित रहन विभिन्न उपाय अप्नाइरहेका छन्।

यसै क्रममा सूचना प्रविधि कम्पनी गुगलले उत्तर अमेरिकामा कार्यरत आफ्ना १ लाख बढी कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ। कोरोनाभाइरसको संक्रमण उत्तर अमेरिकामा पनि फैलिन थालेपछि गुगलले कम्तीमा अप्रिल १० सम्मका लागि घरमै बसेर काम गर्न निर्देशन दिएको हो।

सिएनबीसीले गुगलबाट आफूलाई प्राप्त इमेलको हवाला दिँदै लेखेको समाचारअनुसार गुगलले आफ्नो उद्देश्य कार्यालयमा मानिसहरुको घनत्व कम गर्नु र कोरोनाभाइरसको फैलिने दरलाई कम गर्नु भएको जनाएको छ । उत्तर अमेरिकामा मात्र गुगलका १ लाखभन्दा धेरै कर्मचारी छन् ।

विश्वभरी कोरोनाभाइरसले ४२०० भन्दा धेरैको ज्यान लिइसकेको र १ लाख १८ हजारभन्दा बढी संक्रमित भइसकेको अवस्थामा गुगलको यस्तो निर्देशन आएको हो ।

यसअघि फेसबुक र ट्वीटरले पनि कोरोना भाइरसको अति संक्रमित देशमा रहेका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएका थिए।