भारतमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित एक जनाको बुधबार मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटक राज्यमा ६९ वर्षीय व्यक्तिको मृत्यु भएको जनाएको छ । सो प्रान्तमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएसँगै कर्नाटक सरकारले कोभिड–१९ (कोरोना भाइरस) महामारी घोषणा गरेको छ ।
कर्नाटक राज्यमा सबै विद्यालय बन्द भइसकेका छन्। परीक्षाका कार्यक्रम पनि सारिएको छ भने हात मिलाउनुको सट्टा नमस्ते अभियान समेत चलाइएको छ।
कर्नाटकका स्वास्थ्य मन्त्रीले १ लाखभन्दा बढी मानिसमा कोरोनाको परीक्षण गरिए पनि ६ सय मानिसमा मात्र संक्रमण हुन सक्ने आशंका गरिएको बताएका छन्। भारतमा हालसम्म ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।