logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोनाल्डोलाई कोरोना भाइरस नलागेको पुष्टि


अंकुरण खबर
1.326K
Shares

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।

कोरोना संक्रमणको आशंकामा रोनाल्डो ‘क्वारेन्टाइन’मा बस्न गएका थिए । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो।

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो। तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन्। एजेन्सी